आश्रमलाई परमार्थनगर क्लबको सहयोग
पाेखरा | कात्तिक १९, २०७९
लेखनाथ । परमार्थनगर क्लबले पोखरा २७ डाँडाको नाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाम तथा बाल आश्रममा सहयोग गरेको हो । क्लबले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम सामाजिक दायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाका लागि सहयोग प्रदान गरेको हो ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रु ५०००५ (पचाँस हजार पाँच) रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । गुरुङले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम आश्रममा सहयोग गर्नाले समाजमा पनि राम्रो सन्देश जाने कुरामा जोड दिएका थिए । देउसी भैलो खेलेर उठेको रकम फजुल खर्च गर्नुको सट्टा यसरी सहयोग गर्दा आश्रममा आश्रित बालबालिकाको समस्या समाधानमा महत्वपूर्ण रहने विचार कार्यक्रमका विशेष अथिति लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताएका थिए । आश्रमका अध्यक्ष श्री १०८ स्वामी विष्णु वशिष्ठ महाराजले क्लबले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।
सम्मान तथा सहयोग कार्यक्रममा देउसी भैलोमा रु. पाँच हजार भन्दा माथि सहयोग गर्ने सहयोग दाता तथा क्लबका आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा क्लब स्थापनाकाल देखि क्लबको हरेक गतिविधि मिडियाका माध्यम बाट समाजमा लैजान महत्वपूर्ण भुमिका निर्वाह गरेको भनि लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष, लेखनाथ खबर डट कमका प्रधान सम्पादक तथा रेडियो लेखनाथका समाचार प्रमुख सुमन जिसी लाई सम्मान समेत गरिएको क्लबका सल्लाहाकार बिकास लामिछानेले जानकारी दिएका छन् ।
क्लबकी कोषध्यक्ष विष्णुकुमारी गुरुङले आर्थिक आय व्यय प्रस्तुत गरेको कार्यक्रममा शुभकामना मन्तव्य समाजसेबी हरि त्रिपाठी, त्रिलोचन लामिछाने, राजनैतिक व्यक्तित्व सुर्यमणि लामिछाने, प्रदेश सभा सदस्यका उमेदवार बाबुराम थापा, लेखनाथ सामुदायिका सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, आश्रमकी संचालिका कला गुरूङ लगाएतले बोलेका थिए ।
क्लबका अध्यक्ष मनोज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिजय बस्ताकोटीले स्वागत तथा क्लबका सचिब ई. आदर्श लामिछानेले कार्यक्रमको संचालन गरेका थिए ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

